सुदूरपश्चिम

क्वारेन्टाइनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ



कंचनपुर, १५ जेठ । क्वारेन्टिनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका लागि गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भइ मृत्यु भएको थियो । राति नै रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

            कोरोना भएरनभएको यकिन गर्नका लागि मृतक रानाको स्वाबको नमूना लिइएको थियो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार रानाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । उहाँका अनुसार अस्पतालकै आइसोलेसनमा बसेका कैलालीका गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको स्वाबको रिपोर्टसमेत नेगेटिभ आएको छ । इसोलेसनमा बसेका व्यक्तिको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो । (रासस)

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६