अन्तर्राष्ट्रिय

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध



सउल, १५ जेठ । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ मात्रा समावेश भएका औषधि प्रयोगले क्यान्सरको जोखिम रहने एक अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी औषधि बयस्क बिरामीका लागि सिफारिस हुने औषधि हुन् । हाल दक्षिण कोरियामा यी औषधिको सेवन गर्ने बिरामी दुई लाख ६० हजार बढी रहेका बताइएको छ । 

             कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए÷नभएको परीक्षण गरिरहेको बताएको छ । परीक्षण भएकामध्ये ३१ औषधिमा एन नाइट्रो सोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ ।जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीजस्ता औषधिमा ‘कार्सिनोजिन’को मात्रा तोकिएको मापदण्डभन्दा बढी भेटिएको र यिनीहरूलाई प्रतिबन्ध गरिएको जानकारी छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६