ब्रेकिंग न्युज

कपिलवस्तुमा १८८ जना संक्रमित , ४ पत्रकारमा संंक्रमण पुष्टि



कपिलवस्तु १६ जेठ   कपिलवस्तुमा अहिले सम्म ४ पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुन १ जनामा संक्रमण देखिएसंगै ४ पत्रकार संक्रमित भएका हुन् । यसअघि बाणगंगामा २ ,कपिलवस्तु नगरपालिकामा १ संक्रमित देखिएका थिए । सेोही क्रममा  आज बुद्धभूमीका १ पत्रकार थपिएका हुन् ।

        योसंगै ३ जना पुरुष पत्रकार र १ जना महिला पत्रकार संक्रमित भएका हुन् । संक्रमण पुष्टि भएका २ पत्रकार तौलिहवा स्थित माहुरी होमको गेष्टहाउसम संचालित आइशोलेशनमा रहेका छन् भने २ जना बुटवल स्थित एन्फाएकेडमीको अइशोलेशन अस्पत्तालमा छन् । यता कपिलवस्तुमा आजमात्रै ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६