अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ६४ लाख ७७ हजार बढी संक्रमित, ३ लाख ८२ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २१ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर ६४ लाख ७७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वभर कुल ६४ लाख ७७ हजार ९६६ जना संक्रमित भएका छन् । कोरोना भाइरस विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १४ हजार बढी नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार बढीको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या बुधबार विहानसम्म ३ लाख ८२ हजार १८८ पुगेको छ ।

        ३० लाख ८६ हजार १३० जनाको उपचार भइरहेकोमा ५४ हजार ५५१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३० लाख ९ हजार ६४८ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भएको छ ।२० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना निको भएका छन् ।

        यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना निको भएका छन् ।अफ्रिकी मुलुकहरुमा ४ हजार ५२० जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ८३८ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ९८५ जना निको भएका छन् ।

        विश्वमा सबैभन्दा बढी कोरोनाको प्रभाव परेको अमेरिकमा १८ लाख ८१ हजार २०५ जना संक्रमित भएका छन् । अमेरिका ज्यान गुमाउनेहरुको संख्या १ लाख ८ हजार ५९ पुगेको छ । त्यस्तै ६ लाख ४५ हजार ९७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । अमेरिकामा केही दिनदेखि जारी व्यापक प्रदर्शनका कारण पनि त्यहाँ कोरोना भाइरस झनै फैलिदै गएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६