एजेन्सी, २१ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर ६४ लाख ७७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वभर कुल ६४ लाख ७७ हजार ९६६ जना संक्रमित भएका छन् । कोरोना भाइरस विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १४ हजार बढी नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार बढीको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या बुधबार विहानसम्म ३ लाख ८२ हजार १८८ पुगेको छ ।
३० लाख ८६ हजार १३० जनाको उपचार भइरहेकोमा ५४ हजार ५५१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३० लाख ९ हजार ६४८ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भएको छ ।२० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना निको भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना निको भएका छन् ।अफ्रिकी मुलुकहरुमा ४ हजार ५२० जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ८३८ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ९८५ जना निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी कोरोनाको प्रभाव परेको अमेरिकमा १८ लाख ८१ हजार २०५ जना संक्रमित भएका छन् । अमेरिका ज्यान गुमाउनेहरुको संख्या १ लाख ८ हजार ५९ पुगेको छ । त्यस्तै ६ लाख ४५ हजार ९७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । अमेरिकामा केही दिनदेखि जारी व्यापक प्रदर्शनका कारण पनि त्यहाँ कोरोना भाइरस झनै फैलिदै गएको छ ।
प्रतिक्रिया