शिक्षा

इञ्जीनियरलाई अनुमति परीक्षा लिने व्यवस्था गर्न माग



काठमाडौँ, २२ जेठ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा इञ्जीनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ बारे सरोकार भएका निकायसँगको छलफल शुरु भएको छ । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकलाई समृद्ध र प्रभावकारी बनाउन सरोकार भएका निकायसँग छलफल थालेको बताउनुभयो । सरोकार भएका निकाय र विज्ञसँगको वृहत छलफलपछि परिमार्जित गरी विधेयक पारित गरिने उहाँले बताउनुभयो ।

       समितिले नेपाल इञ्जीनियर्स एशोसिएसनसँग बुधबार छलफल गरेको हो । एशोसिएसनका अध्यक्ष त्रिरत्न मानन्धरले इञ्जीनियरलाई अनुमति ९लाइसेन्स० परीक्षा लिनुपर्ने व्यवस्था हुनैपर्नेमा जोड दिनुभयो । एशोसिएसनका उपमहासचिव कपिल आचार्यले इञ्जीनियरसँगै सवइञ्जीनियर र परामर्श दातालाई पनि अनुमति ९लाइसेन्स० परीक्षाको व्यवस्था गरिनुपर्ने माग राख्नुभयो । बैठकमा बोल्नुभएका समितिका सदस्य सांसदले पनि इञ्जीनियरलाई लाइसेन्स परीक्षा लिने व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६