प्रदेश

कपिलवस्तु संचारगृहलाई युवा कल्याण समाज स्वास्थ्य समाग्री प्रदान



नारायण पाण्डे ,कपिलवस्तु २३ जेठ । कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत वुद्धआवाज संचारगृहका संचारकर्मिका लागि समाग्री सहयोग प्रदान गरिएको छ । मायादेवी गाँउपालीका वडा नं १ पकडीमा रहेको युवा कल्याण समाजले सहयोग प्रदान गरेको हो । संचारगृहलाई निर्मलीकरण गर्ने सामाग्री सहित सचारकर्मिका लागि आवश्यक पर्ने समाग्री क्लवले उपलव्ध गराएको हो । क्लवका डाईरेक्टर वकील मुुुसलमानले संचारगृह र संचारकर्मिका लागि निर्मलीकरण सहितका सामाग्री सहित स्यानेटाईजर, हेन्डवास, माक्स, ग्लव्स, फलफुल तथा प्रोटिन युक्त खानेकुराहरु संचारगृहमै उपलव्ध गराएको हो । क्लवले विपदको समयमा जिल्लाका पालीकाहरुमा नियमित रुपमा समाजिक सेवा वापत राहत कार्यक्रम प्रदान गर्दै आएकोमा संचारगृहलाई पनि सहयोग उपलव्ध गराएको डाईरेक्टर वकील मुसलमानले वताउनु भयो । संचारगृहलाई समाग्री उपलव्ध गराएको प्रति गृहले धन्यवाद ज्ञापन गरेको छ । क्लवले यस अघि पनि जिल्लामा अग्र भागमा रहि काम गर्ने सुरक्षाकर्मि, स्वास्थ्यकिर्म, संचारकर्मि तथा स्थानीय जन प्रतिनिधिहरुलाई पनि सहयोग प्रदान गर्दै आएको जनाएको छ । 

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६