काठमाडौ, २६ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि फेरि देशका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको विहारमा बनेको निम्नचापीय प्रणालीको प्रभावका कारण मुलुकका विभिन्न स्थानमा दिउँसो वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
आज बिहान प्रदेश नं. ५ र २ नम्बर प्रदेशका स्थानमा मौसम सफा रहे पनि अन्य स्थानमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । आज दिउँसो भने देशका विभिन्न भूगागमा हावाहुरी, चट्याङसहितको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया