काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार संसदमा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले बजेटमा सांसदहरूले राखेको जिज्ञासा केन्द्रित रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने बताउनुभयो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया