अन्तर्राष्ट्रिय

जोर्ज फ्लोइडः अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग



वि.वि.सि., २८ जेठ ।  प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी (अमेरिकी पुरुष जोर्ड फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग गरिएको छ।टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरू लामबद्ध भएका थिए।

        गत महिना मिनिअपलिसमा एक श्वेत प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको गर्दनमाथि करिब नौ मिनेटसम्म घुँडाले टेकिरहेका थिए जुन क्षण मोबाइलमा कैद गरिएको थियो। घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ र उनीहरूमाथि हत्यासम्बन्धी आरोप लगाइएको छ । ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै गाडिएको छ।

        फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई नोक्सान गराउने कानुनहरूमा परिवर्तनका लागि आह्वान गरिन्। उनले प्रश्न गरिन्,किन यो प्रणाली भ्रष्ट र अक्षम हुनुपर्छ ?

कृपया घृणामा आधारित थप अपराध नहोस्।

        उनले थपिन्, कोही कोहीले अमेरिकालाई फेरि महान् बनाऔँ भनेका छन्, तर के अमेरिका कहिले महान् थियो ? राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत्‌ अन्तिम संस्कारमा सम्बोधन गरेका थिए। उनले भने, जोर्ज फ्लोइडका लागि न्याय भएमा हामी अमेरिकामा साँच्चिकै जातीय न्यायको बाटोमा हुनेछौँ।

        फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए। कार्यक्रममा उपस्थित चर्चित नागरिक अधिकारकर्मी रेभेरेन्ड अल शार्पटनले भने, दास राख्ने मालिकका नातिनातिनाले अहिले विश्वभरि मालिकहरूका शालिक हटाइरहेको म देखिरहेको छु।

        डेमोक्र्याटिक पार्टीका स्थानीय सांसद अल ग्रीनले भने, जोर्ज फ्लोइड मिल्काउन हुने कुनै वस्तु थिएनन्। यसकारण हामी यहाँ आएका छौँ। उनी अश्वेत हुनु उनको अपराध थियो। फ्लोइडप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न सोमवार छ घण्टा उनको शव गिर्जाघरमा राखिएको थियो।

        मिनिअपलिस र उनी जन्मिएको नर्थ क्यारोलाइनामा पनि स्मृति कार्यक्रमको आयोजना गरिएको थियो। फ्लोइडको मृत्युपछि जातीय विभेदविरुद्ध अमेरिकामा जारी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ। वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्‍यालीहरूको आयोजना गरिएको छ।

        यसअघि फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी सोमवार पहिलो पटक अदालतमा उपस्थित भएका थिए। अदालतले आरोपित डेरेक शोभिनसँग साढे १२ लाख डलर धरौटी माग गरेको थियो।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६