गण्डकी

ट्रक दुर्घटनामा चालकको मृत्यु



चितवन, ३० जेठ ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । 

        मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो ।

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६