अर्घाखाँची ३० जेठ । कोरोनाले अर्घाखाँचीमा थप एकको मृत्यु भएको छ । यो संगै प्रदेश ५ का मृतकको संख्या ४ पुगेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५७ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको गरेको हो ।मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो ।स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।
उनको बुधबार मृत्यु भएको र जेठ २९ गते भने कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएका थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ।मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १६ पुगेको बताए ।हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका २, दैलेखका एक,बाजुराका एक, दोलखा एक, पाल्पाका एक,सुर्खेतका एक, कैलालीका एक,डोल्पाका एक, स्याङ्जाका एक र यो अर्खाखाँची गरी १६ जनाको मृत्यु भएकोछ
प्रतिक्रिया