अन्तर्राष्ट्रिय

दिल्लीमा बढ्यो तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि



नयाँ दिल्ली, ३० जेठ । दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् । ‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ । 

        त्यस्तै पालाम र पुसास्थित मौसम विज्ञान केन्द्रहरूले दिल्लीको  तापक्रम क्रमशः ४२ र ४२.५ डिग्री सेल्सियस रहेको बताएका छन् । दिल्लीको आद्रताकोस्तर ४३ र ८० प्रतिशतको बिचमा रहेको जनाइएको छ ।

        दिल्लीमा शनिबार आंशिक बदली भई निम्नतम र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र ४१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान मौसम विभागले गरेको छ । भारतीय मौसम विभाग, क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कूलदीप श्रीवास्तवले दिल्ली र आसपासका षेत्रमा आगामी जुन १५ सम्म तातो हावाको लहरहरू बहने हुँदा आवश्यकताबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । (रासस/पीटीआई)

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६