अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रका एक मन्त्रीलाई नै कोरोना सङ्क्रमण



मुम्बई, ३० जेठ । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि श्रोतले उल्लेख गरेको छ । ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुनुहुन्छ । 

        यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री हुनुभएका अशोक चावन र एनसिपिबाट मन्त्री हुनुभएका जितेन्द्र अवहाद रहनुभएको थियो । उहाँहरुलाई अहिले निको भइसकेको छ ।

        बिहीबार राति अबेर उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उहाँलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ ।

        मन्त्रीसँगै उहाँको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ । (रासस/पीटीआई)

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६