अर्थ-वाणिज्य

कपिलवस्तुका ४ पालिकाको आफ्नै निर्देशिका ,सरकारको निर्देशिका अस्वीकार



कपिलवस्तु ३० जेठकोरानेको केन्द्र बनेको कपिलसतुमा संक्रमितहरुलाई बिना परिक्षण घर फर्कादा समाजमा भय र त्रासको वातावरण र्सजना  भएका भन्दै यहाका ४ वटा पालिकाले   बिना परिक्षण संक्रमितहरुलाई नछाड्ने निर्णय लिएका छन् ।  सरकारले जारी गरको नया निर्देशिका अनुसार कोरोना संक्रमित आइसोलेनमा बसे पनि लक्षण नेदेखिए पछि बिना पिसिआर परिक्षण बिना धमाधम संक्रमितलाई घर पठाईने गरिएको बेला कपिलस्तुका ४ पालिकाले भने पिसिआर परिक्षण बिना घर नपठाउने अडान लिएका छन ।

     जिल्लाको बाणगंगा बुद्धुभुमी, शिवराज नगरपालिका  र बिजयनगर गाउपालिकाले संक्रमितलाई पिसिआर परिक्षण गरी मात्र घर फर्काउने भएका हुन । संक्रमितलाइृ बिना परिक्षण घर पठाउदा घर समाजमा भय र त्रासको वातावरण हुने भएकाले उनीहरुको पिसिआर परिक्षण गर्नु पर्ने उनीहरु बताउछन ।  बाणगंगाले भने क्वारेण्टाइनमा आएका र संक्रमितको क्लोज कन्टयाक्टमा परेका सबैको अनिवार्य पिसिआर गरेर हेर्ने नीति नै लागु गरेको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वताउनु भयो । मेयर मंगल प्रसाद थारुले नगरले पिसिआर विना कसैलाई पनि फिर्ता नपठाउने नीति शुरुवाटै रहेको वताउनु भयो । अव पनि सोही नीति नै लागु हुन्छ उहाले प्रष्टयाउनु भयो। 

        बुद्धभूमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले सरकारले जारी गरेको निर्देशिका अनुसार संक्रमितलाई घर जान दिईए समाजमा नकारात्मक असर पर्ने अ‍ैल्याउदै पिसिआरको नेगेटिभ नतिजा पछि  मात्र घर पठाउने बताउनु भयो । ‘ ‘परिक्षण बिना पठाउदा अन्य पालिकामा निक्कै डर र भयको वातावरण बनेकोछ,’ भन्दै  ‘यसरी नगरबासीलाई उच्च जोखिममा राख्दैनौं उहाले प्रष्टयाउनु भयो ।’ अन्य पालिकामा परिक्षणै नगरि पठाईएका संक्रमितहरु गाउघरमा निस्फिक्री हिडिरहेका छन् । यस्ले गाउमा त्रासको र भयको वातावरण सृजना भएकोछ उहाले भन्नु भयो  । गाउलेहरु घरमै लुकेर बस्न बाध्य भएका छन् । यस्तो हेलचत्रलाई गर्नु राम्रो हैन्  । स्वस्थ्य भई बाच्न पाउनु पर्ने अधिकारलाई सबैलाई छ । त्यही भएर हामी धेरै समय लागेपनि राम्रो परिक्षण विधि पिसिआर गराउन लागेका हौ उहाले भन्नु भयो  ।

        पछिल्लो पटक सरकारले १४ दिन आईसोलेसनमा बसेका संक्रमित र क्वारेन्टाईनमा बसेकालाई थप लक्षण नदेखिए र विरामी नभए परिक्षण नगरि छाड्ने नया निति बनाएको छ  । त्यही नीति कार्यान्वन गर्न परिपत्र समेत गरिएको छ । त्यही नीत अनुसार जिल्लाका पाच पालिकाले १ सय ७२ जनालाई घर पठाएको छ । निर्देशिका जारी हुन पुर्व दोश्रो र तेश्रो परिक्षण गरी ४४ जनालाई निको भई घर फर्काईको स्वास्थ्य कार्यालयको तथ्यांका छ ।  नया निर्देशिका अनुसार यहा केही स्थानीय तहले कार्यान्वयन गर्न बाध्य बनेका छन् । जेठ २४ देखि सरकारले नया निदेशिका कार्यान्वयनमा ल्याएकोछ । त्यसै अनुसार काम गर्दा कोरोनाका रेड जोनमा रहेका स्थानीय तहका क्वारेन्टाईन र आईसोलेसन सेन्टर धमाधम खाली भईरहेका छन् । आधी बढी क्वारेन्टाईन रित्तो भएका छन् । आईसोलेसन सेन्टर पनि खाली भएका छन् ।  सरकारले भिटिएम पनि दिन सकेन् । खरिद गर्न प¥र्यौ । अहिले त्यही प्रयोग गरिरहेका छौं  मेयर श्रेष्ठको भनााइछ ।

अहिले १० वटा क्वारेन्टाईनमा २ सय १६ जना छन् । उनीहरु मध्ये १५ जनाको पिसिआर रिपोर्ट विहीवार नेगेटिभ आयो । उनीहरुलाई घर पठायो । ‘क्वारेन्टाईनमा रहेका ३० जनाको स्वाब विहीवार लिएका छौं,’ स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्बासेले भन्नु भयो  ‘उनीहरुको रिपोर्ट नेगेटिभ आउना साथ घर पठाउछौं ।’ यहा २९ जना संक्रमित छन् । जस मध्ये ४ निको भएका छन् । बाकीलाई गोरुसिंगे स्थित एक होटल भाडामा लिएर बनाईएको ५० बेडको आईसोलेसन सेन्टरमा राखिएकोछ । नगरपालिकामा अहिलेसम्म ५ सय ९६ जनाको स्वाब संकलन गरिएको छ । जसमा ५ सय जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६७ जनाको रिपोर्ट अझै आइपुगेको छैन् ।

     शिवराज नगरपालिकाले पनि विहीवार १ सय ६२ जना क्वारेन्टाईनमा छन् । ४९ संक्रमित आईसोलेसनमा छन् । सरकारले निति बनाएपनि परिक्षणै नगरि कसैलाई पनि नछाडने नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । ‘सरकारले यो राम्रो गरेन्,’ उहाले भन्नु भयो  ‘यसले महामारीको त्रास बढाउछ ।’ त्यही भएर नगरपालिकाले एक हजार भिटिएम खरिद गरेर स्वाब परिक्षण गरिरहेकोछ । आईसोलेसनमा रहेका ३७ जना र बा“की ३८ क्वारेन्टाईनमा बसेकाको स्वाब संकलन गरि विहीवार काठमाडौं पठाएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भटराईले जानकरी दिनु भयो । सबै परिक्षण गरेर नेगेटिभ आएपछि मात्र घर पठाउछौं उनले भने ।

    उता बिजयनगर गाउपालिकाका प्रमुख गोपाल बहादुर थापाले संक्रमितहलाई बिना परिक्षण घर फर्काउदा संक्रमण फैलने जोखिम रहेको स्पष्ट पार्नु भयो । उहाले पनि आफनो पालिकमा रहेका संक्रमितहरुलाई पिसिआर परिक्षण गरी मात्र घर फर्काउने बताउनु भयो । बिजयनगरमा अहिले १९ जना सक्रमित आइसोलेनशनमा छन । अन्य पालिकाहरुले लक्षण नदेखिएकालाई धमाधम संक्रमित र क्वारेन्टाईनमा बसेकालाई घर पठाईरहेकाछन् । नेपालमा सबैभन्दा बढी संक्रमित यहा छन् । विहिवार साझसम्म ६ सय १६ संक्रमित यहा पाईएका छन् । त्यस मध्ये २ सय १६ जना घर फर्काएको छ । 

प्रकाशित : ३१ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६