अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ७८ लाख ५९ हजारभन्दा धेरै संक्रमित, ४ लाख ३२ हजार बढीको मृत्यु



एजेन्सी, ३२ जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना कहरले विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको कुल संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ वल्डोमिटर्ससको तथ्याङ्कमा उल्लेख छ । यस्तै २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ । विश्वभर  मृतकको कुल संख्या ४ लाख ३२ हजार १६८ पुगेको छ ।

        कोरोना संक्रमित मध्ये संक्रमित ३३ लाख ९१ हजार ९६८ जनाको उपचार भइरहेको छ भने ४० लाख ३५ हजा ४२१ जना उपचारपछि निको भएका छन् । उपचाररथ ५४ हजार ६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

        विश्वका २१३ मुलुक र २ पानीजहाजमा देखिएको महामारीबाट एसियाली देशहरुमा ३९ हजार ४७६ जनाको मृत्यु भएको छ । १५ लाख ७७ हजार ६७२ जना संक्रमित भएकोमा ९ लाख ६६ हजार २१ जना निको भएका छन् ।

        युरोपियन देशहरुमा आइतबार बिहानसम्म १ लाख ८२ हजार ५८० जनाको मृत्यु भएको छ । २१ लाख ९० हजार १२२ जना संक्रमित भएकोमा ११ लाख ५८ हजार ३२७ जना निको भएका छन् । दक्षिण अमेरिकी देशहरुमा ५९ हजार ११५ जनाको मृत्यु भएको छ । १३ लाख ८७ हजार ७६७ जना संक्रमित भएकोमा ७ लाख २८ हजार ३९९ जना निको भएका छन् ।

        उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार १३५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ५४ हजार ५०१ पुगेको छ । त्यसमध्ये १० लाख ४९ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

        अफ्रिकी देशहरुमा ६ हजार २८३ जनाको ज्यान गएको छ भने २ लाख ३५ हजार ७०४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ८३५ जना निको भएका छन् । विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा २१ लाख ४२ हजार २२४ जना संक्रमित भएका छन् । १ लाख १७ हजार ५२७ जनाको मृत्यु भएको छ भने ८ लाख ५४ हजार १०६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६