अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ४१ लाख बढीले जिते कोरोना, ४ लाख ३५ हजारभन्दा धेरैको मृत्यु



एजेन्सी, १ असार ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरलाई विश्वका  ४१ लाख बढीले कोरोना जितेका छन् । सोमबार विहान यो समाचार तयार पार्दासम्म वल्डोमिटर्सको तथ्याङ्क अनुसार ४१ लाख ४ हजार १७ जनाले कोरोना भाइरस जितेका छन् । 

        कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।  विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६८ पुगेको छ ।

        पछिल्लो २४ घण्टामा  विश्वभर ३ हजार २५० जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २२ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको कुल संख्या ७९ लाख ८२ हजार ९४८ पुगेको छ ।  संक्रमित ३४ लाख ४३ हजार ७६३ जनाको उपचार भइरहेको छ भने ५४ हजार ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

        कोरोना कहरले एसियाली देशहरुमा ४० हजार २४८ जनाको मृत्यु भएको छ । १६ लाख १७ हजार १८४ जना संक्रमित भएकोमा ९ लाख ९० हजार ४७४ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा  १ लाख ८२ हजार ८६८ जनाको मृत्यु भएको छ । २२ लाख ५ हजार ८४८ जना संक्रमित भएकोमा ११ लाख ६७ हजार ६६६ जना उपचारपछि निको भएका छन् ।

        अफ्रिकी देशहरुमा ६ हजार ४८८ जनाको ज्यान गएको छ भने २ लाख ४४ हजार ५४२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १२ हजार २४२ जना उपचारपछि निको भएका छन् ।दक्षिण अमेरिकी देशहरुमा ६० हजार ४५७ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६९६ जना संक्रमित भएकोमा ७ लाख ५४ हजार ५९३ जना उपचारपछि निको भएका छन् ।

        उत्तर अमेरिकी देशहरुमा १ लाख ४४ हजार ९६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ७९ हजार ५७३ पुगेको छ । त्यसमध्ये १० लाख ६९ हजार ८३८ जना उपचारपछि निको भएका छन् ।

        ओसिनियाका देशहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९३१ जना संक्रमित भएकोमा ८ हजार ४२६ जना उपचारपछि निको भएका छन् ।

        विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा कोरोना संक्रमितको संख्या २१ लाख ६२ हजार १४४ पुगेको छ । अमेरिकामा कोरोनाबाट मर्नेहरुको संख्या १ लाख १७ हजार ८५३ पुगेको छ । त्यहाँ ८ लाख ६७ हजार ८४९ जनाले कोरोना जितेका छन् । 

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६