कपिलवस्तु १ असार । कोरोनका भाईरसका कारण ८० दिन बढीको लामो लकडाउनले थला परेको होटल तथा रेस्टुरेन्ट ब्यवसायलार्ई सामाजिक दुरी कायम गरी सुरक्षित तरिकाले संचालनको अनुमाति दिनु पर्ने माग गरिएको छ । होटल तथा रेस्टुेरेन्ट ब्यवसायी संघ कपिलवस्तुले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै खाना खुवाउन सकिने तथा अन्य सेवा दिन नसकिने बनाईएको नियमले होटल तथा रेस्टुरेन्ट ब्यवसायी मारमा परेको बताएका छन ।
अहिलको नियमले राजमार्ग देखि भित्र पर्ने होटल र रेस्टुरेन्ट ब्यवसायी झन समस्यामा परकोले यो नियममा पुनरबिचार गरिनु पर्ने माग गरिएको हो । संघका जिल्ला अध्यक्ष गोपाल बहादुर खत्री तथा सचिव शिवराज सापकोटाले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै सो माग गरेका हुन । जिल्लाका अधिकांस होटल तथा रेस्टुरेन्टहरु भाडामा चलेकोले लकडानउको अवधिको घर भाडा मिन्हा वा अन्य कुनै ब्यवस्था गर्न सरकाले ठोस कदम चाल्नु पर्ने माग गरिएको छ । ब्यवसायीक कार्जा लिएर ब्यवसाय संचालन गरेको र लकडाउनले ब्यवसाय ठप्प भएकाले सो अवधिको मासिक किस्ता ब्याज र कर्जाका बिषमया पनि उचित ब्यवस्था मिलाउनु पर्ने संघका जिल्ला अध्यक्ष खत्रीले बताए ।
लकडाउन अवधिको कर, बिद्यतुको बिल समेत मिन्हा गर्नु पर्ने, लकडाउन खुलेको ६ महिना सम्म किस्ताबन्दीरुपमा कर तिर्ने ब्यवस्था मिलाउनु पर्ने उनले माग गरे । नेपाल भित्र रहेको सबै होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरु अहिले मारमा परकोले आफुहरुको सरकारले संरक्षणले गर्नु पर्ने संघका अध्यक्ष खत्रीले बताए । संघका सचिव सापकोटाले असार १ गते देखि देशभर लकडाउन खुृकुलो भए पनि होटल र रेस्टुरेन्ट ब्यवसायलाई भने अंकुश लगाउदा आफुहरु मारमा परेको बताए । प्रजिअ दीर्घ नारायण पौडेलले होटल तथा ब्यवसायीहरुको सममस्या बारे संघीय सरकारलाई अवगत गराउने बताए ।
प्रतिक्रिया