अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ८१ लाख बढी संक्रमित, ४ लाख ३९ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २ असार ।  विश्वभर कहरको रुपमा महामारी बन्दै फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट ८१ लाख बढी मानिसहरु संक्रमित भएका छन् ।   एकै दिन १ लाख २८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या मंगलबार विहानसम्म ८१ लाख १२ हजार ५६५ पुगेको छ ।

            संक्रमित ३४ लाख १६ हजार ९७१ जनाको अवस्था सामान्य छ भने ५४ हजार ५७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वभर ४२ लाख १ हजार ९७४ जना उपचारपछि निको भएका छन् । कोरोना संक्रमणबाट विश्वभर ४ लाख ३९ हजार ५० जनाको मृत्यु मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

        विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसका कारण मंगलबार बिहानसम्म एसियाली देशहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार १५९ जना संक्रमित भएकोमा १० लाख १८ हजार ३०६ जना निको भएका छन् । युरोपियन देशरुमा  १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ । २२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९०७ जना निको भएका छन् ।

        दक्षिण अमेरिकी देशहरुमा ६१ हजार ५४० जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार ५४६ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ४६ जना निको भएका छन् ।उत्तर अमेरिकी देशहरुमा १ लाख ४५ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९१४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १०४ जना निको भएका छन् ।

        ओसिनियाका देशहरुमामा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९४६ जना संक्रमित भएकोमा ८ हजार ४३९ जना निको भएका छन् । अफ्रिकी देशहरुमा ६ हजार ७९३ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार २१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७३० जना निको भएका छन् ।

        कोरोना भाइरसको सबैभन्दा बढी मार खेप्दै आएको अमेरिकामा कोरोना भाइरसबाट २१ लाख ८२ हजार ९५० जना संक्रमित भएका छन् । १ लाख १८ हजार २८३ जनाको मृत्यु भएको छ भने संक्रमित मध्ये ८ लाख ८९ हजार ८६६ जना निको भएका छन् । 

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६