अन्तर्राष्ट्रिय

चीनको बेइजिङ्गका विद्यालय र मनोरञ्जनस्थल बन्द, फेरि कोरोनाको महामारी फैलने खतरा



एजेन्सी, २ जेठ । चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलने खतरा देखिएपछि राजधानी बेइजिङमा व्यापक कडाइ सुरु गरिएको छ । ग्लोबल टाइम्सका अनुसार राजधानी बेइजिङ प्रवेशका लागि कडाई गर्न थालिएको छ । बेइजिङका अधिकांस विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । 

            सिन्फाडी  मार्केटमा ७९ जना संक्रमित फेला परेपछि मार्केटका ब्यवस्थापक बर्खास्त भएका छन् । संक्रमित फेला परेको होलसेल मार्केटमा करिब १० हजार जना कार्यरत रहेको जनाइएको छ । उनीहरूमध्ये कसैमा पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ। 

            स्थानीय सञ्चारमाध्महरूका अनुसार भाइरस विदेशबाट आयात गरिएको साल्मन काट्न प्रयोग गरिएको चपिङ्ग बोर्डमा देखिएको पत्ता लागेको थियो। उक्त बजार पुगेका करिब दुई लाख सर्वसाधारणलाई सम्पर्क गरिएको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ।  वुहानबाट सुरु भएको कोरोना महामारी चिनले नियन्त्रणमा आएको घोषणापछि आवश्यक सावधानी अपनाएर जनजीवन सामान्य बनाएको थियो । 

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६