ब्रेकिंग न्युज

कपिलवस्तुमा ७ सय स्वावको नतिजा आउन वाँकी ,सबै भन्दा धेरै शिवराजमा



कपिलवस्तु ३ असार   कपिलवस्तुवाट स्वाव संकलन गरि विभिन्न प्रयोगशालामा परिक्षणकालागि पठाइएका मध्ये अहिले सम्म ६८५ को नतिजा आएको छैन । ती मध्ये सबै भन्दा धेरै शिवराज नगरपालिकाका रहेका छन् । त्यहावाट ७९१ जनाको स्वाव संकलन गरिएकोमा १३० को नतिजा आउन वाकीछ । अहिले सम्म शिवराजमा ५८ जनाको नतिजा पोजेटिभ आएको छ । यसैगरी परीक्षणकालागि पठाइएको नतिजा नआएकोमा बुद्धभूमी नगरपालिकामा १२४ जना, कपिलवस्तु नगरपालिकामा ८५ जना , यशोधरामा ७६ जना ,मायादेवि गाउपालिकामा ७१ जना रहेका छन् । 

          यस्तै महराजगंज नगरपालिकामा ६५,विजयनगर गाउपालिकामा ५४ ,बाणगंगा नगरपालिकामा ४२ जना ,शुद्धोधनमा ३८ जना रहेका छन् । शिवराज र बुद्धभूमी नगरपालिकाले क्वारेण्टाइमा राखिएकालाई पिसिआर परिक्षण विना घर नपठाउने नीति लिई स्वाव संकलन गरेकाले यो संख्या अरुको तुलनामा उच्च देखिएको हो । शिवराजका मेयर नेत्रराज अधिकारीले शिवराजको क्वारेण्टाइनमा राखिएकाहरुलाई स्वावसंकलन गरेर नेगेटिभ नतिजा आएपछि मात्र पठाउने नीति अनुसार पछिल्लो चरणमा समेत कडाई गरिएको वताउनु भयो । 

                यस्तै भनाई बुद्धभूमीका मेयर केशव कुमार श्रेष्ठको पनि छ । उहाले स्वाव संकलनका लागि आफ्नै लगानीमा किट किनेर परिक्षणकालागि पठाएका छौं नतिजा आएपछि घर पठाउछौं उहाले भन्नु भयो । यता  कपिलवस्तुमा मंगलवार साझ सम्म साढे छ सय अर्थात ६४७ जना संक्रमित भेटिएका छन् । 

                उनीहरु मध्ये ६० प्रतिशत पूर्ण निको भएका छन् । हाल सम्म संक्रमित ६४७ मध्ये ३८३ जनाले कोरोनलाई जितेर निको भएका हुन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले सार्वजनिक गरेको विवरण अनुसार अव आइशोलेशन वेडमा २६४ जनामात्र रहेका छन् । हाल सम्म  ७ सय ९४ आइशोलेशन वेड तयार भएकोमा  त्यहा बसेका ६० प्रतिशत संक्रमित निको भएर डिस्चार्ज भएको  कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले पे्रसपाटीलाई जानकारी दिनु भयो ।

             आइशोलेशनमा रहेका मध्ये शिद्धार्थ क्याम्पस बाणगंगामा १६ जना, आयुर्बेद अस्पत्ताल विजयनगरमा १६ जना ,मायाज इन्टरनेशनल होटल गोरुसिंगेको आइशोलेशनमा १२ जना , जहदी स्वास्थ्य चौकीमा ४ जना,एइसागल्स होस्टल वहादुरगंजको अइशोलेशनमा ३४ जना,महाराजगंजको आइशोलेशनमा ७० जना रहेका छन् । यस्तै मायादेवि स्थित आइशोलेशनमा ३६ जना ,फुलिका स्वास्थ्य चौकीमा ५ जना रहेका छन् । 

            त्यसैगरी सुपादेउराली होटल चन्द्रौटाको आइशोलेशनमा १३ जना,नवदुर्गा मावि गौराको आईशोलेशनमा ३२ जना, बैदौली स्थित आइशोलेशनमा १५ जना ,कोभिड हस्पीटल बुटवलमा ३ जना, अल्फाआइशोलेशन बुटवलमा २ जना, चितवन मेडिकल कलेजमा १ जना, भीम हस्पीटल भैरहवा र दाङमा १÷१ जना रहेका छन् । १ जना होम आइशोलेशनमा रहेका छन् । 

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६