अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार पार



एजेन्सी, ४ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार पार गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार २६४ जनाको मृत्यु भएको छ ।  विहीबार बिहान वल्डोमिटर्सको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४५२ पुगेको छ । 

        कोरोना कहरबाट एकै दिन १ लाख ४२ हजार बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८३ लाख ९३ हजार ९६ पुगेको छ । कोरोना भाइरसको कहरबाट ४४ लाख १० हजार ८७९ मानिस निको निको भएका छन् । कोरोना संक्रमित मध्ये   ३५ लाख ३२ हजार ६० जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ५४ हजार ४५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

        कोरोना भाइरसकै संक्रमणबाट एसियाली मुलुकहरुमा ४४ हजार ५५८ जनाको मृत्यु भएको छ । १७ लाख ३३ हजार १३९ जना संक्रमित भएकोमा १० लाख ८५ हजार २२१ जना निको भएका छन् ।

    त्यस्तै युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८४ हजार ६५९ जनाको मृत्यु भएको छ । २२ लाख ५२ हजार ४११ जना संक्रमित भएकोमा १२ लाख ४ हजार ३६७ जना निको भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ६५ हजार ६८ जनाको मृत्यु भएको छ । १५ लाख ५४ हजार १७९ जना संक्रमित भएकोमा ८ लाख ५१ हजार १४ जना निको भएका छन् ।

        उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४८ हजार ७७९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७२ हजार ३३४ पुगेको छ । त्यसमध्ये ११ लाख २९ हजार ८७१ जना संक्रमणमुक्त भएका छन् ।

        ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९८३ जना संक्रमित भएकोमा ८ हजार ४४८ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ७ हजार २४९ जनाको ज्यान गएको छ भने २ लाख ७० हजार ६६० संक्रमित छन् । संक्रमितमध्ये १ लाख २५ हजार ५८० जना निको भएका छन् ।

        कोरोना भाइरसको सबैभन्दा बढी मार खेपेको अमेरिकामा २२ लाख ३४ हजार ४७१ जना संक्रमित भएका छन् । कोरोना भाइरसका कारण अमेरिकामा १ लाख १९ हजार ९४१ जनाको मृत्यु भएको छ । त्यस्तै ९ लाख १८ हजार १३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६