अन्तर्राष्ट्रिय

कुवेतबाट स्वदेश आइपुगे १५० नेपाली



काठमाण्डौ ४ असार ।  कुवतेबाट १५० जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाण्डौ आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि चारवडा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ ।

       आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फकाइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ ।यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाण्डौकै आपलकालीन क्वरेण्टीनमा राखिने छ ।

     सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई आपलकालीन अवस्थामा राख्नको लागि काठमाण्डौमा पनि झण्डै १५ सय क्षमताको क्वरेण्टीन बेडहरुको व्यवस्था गरेको छ ।सामान्य अवस्थामा भने सेनाको समन्वयमा विदेशबाट फर्कनेलाई सम्बन्धित जिल्ला नै पठाइन्छ र सम्बन्धित पालिकाले व्यवस्था गरेको क्वरेण्टीनमा बस्नु पर्छ ।यस्तै आजै, ओमानबाट १४७ जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १४७ नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाण्डौ ल्याउँदैछ ।

            यस्तै आजै मलेसियाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो ।स्वदेश फर्कन १५८ जनाले टिकट काटेको हिमालय एअरलाइन्सले जनाएको छ । जहाज काठमाण्डौबाट क्वालालाम्पुरका लागि उडिसकेको छ । मलेसियाको स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा जहाज मलेसियाबाट नेपालका लागि उड्नेछ । 

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६