गण्डकी

कपिलवस्तु बाणगंगाका कर्मचारीले मनाङमा कोरोना पुराएको पुष्टि



गण्डकी  ५ असार । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।मनाङको चामे गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै भाइरसको संक्रमणबाट जोगिएको हिमाली जिल्ला पनि प्रभावित बनेको हो । तर संक्रमित कर्मचारी मनाङको बासिन्दा नभएर कपिलवस्तु वाणगंगाका रहेका छन् ।

    यससँगै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४२ जना संक्रमित थपिएका छन् ।नवलपरासी सुस्ता पूर्वमा १८ जना, तनहुँमा १२, गोरखामा ११ जना कोरोना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ जना र गैंडाकोट नगरपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।तनहुँको ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ ।

     यसैगरी, गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहीद लखन गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।अब, गण्डकी प्रदेशमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६