अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ४६ लाख २४ हजारले जिते कोरोना, निको हुनेमा एकै दिन १ लाख १५ हजारभन्दा बढी



 एजेन्सी, ६ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को  उपचारपछि निको हुनेहरुको संख्या ४६ लाख २४ हजार ७७७ पुगेको छ । विश्वका २१३ राष्ट्र र २ वटा पानी जहाजमा  फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख १५ हजारभन्दा बढी निको भएका छन् ।  शुक्रबारसम्म निको हुनेको संख्या ४५ लाख ९ हजार २५५ रहेको थियो ।

        गत २४ घण्टामा १ लाख ८४ हजार बढी नयाँ संक्रमित थपिएका छन् योसँगै शनिबार विहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या संक्रमितको संख्या ८७ लाख ५६ हजार ७५७ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । यस्तै विश्वभर  मृत्यु हुनेको संख्या ४ लाख ६२ हजार ५०१ पुगेको छ ।

         कोरोना भाइरसको संक्रमणबाट एसियाली देशहरुमा ४६ हजार ३६३ जनाको मृत्यु भएको छ । १८ लाख १६ हजार ४११ जना संक्रमित भएकोमा ११ लाख ४३ हजार १८५ जना निको भएका छन् । युरोपियन देशहरुमा शनिबार बिहानसम्म १ लाख ८६ हजार ९३४ जनाको मृत्यु भएको छ । २२ लाख ८३ हजार ९६ जना संक्रमित भएकोमा १२ लाख ३५ हजार ८ जना  निको भएका छन् ।

        दक्षिण अमेरिकी देशहरुमा ६८ हजार ८१० जनाको मृत्यु भएको छ । १७ लाख ९२ जना संक्रमित भएकोमा ९ लाख १५ हजार ७७ जना निको भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५१ हजार ८५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ५२ हजार २८५ पुगेको छ । त्यसमध्ये ११ लाख ८२ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् ।

        ओसिनियाका देशहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार २५ जना संक्रमित भएकोमा ८ हजार ४६७ जना निको भएका छन् । अफ्रिकी देशहरुमा ७ हजार ७१३ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ८१२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ३५ हजार १७६ जना निको भएका छन् ।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६