अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ८९ लाख बढी संक्रमित, ४७ लाख ३७ हजार भन्दा धेरैले जिते कोरोना



एजेन्सी, ७ असार । विश्वभर  महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरको संक्रमणबाट विश्वभर ८९ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६० हजार बढी मानिस संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८९ लाख १३ हजार ५२४ पुगेको छ ।

        यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार ६८४ पुगेको छ । कोरोना संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४७ लाख ३७ हजार ९५१ पुगेको छ  । ३७ लाख ९ हजार ८८९ जनाको उपचार भइरहेको छ । उपचाररथ मध्ये ५४ हजार ५०३ जना १ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसका कारण एसियाली देशहरुमा ४७ हजार २९१ जनाको मृत्यु भएको छ । १८ लाख ६० हजार ४८८ जना संक्रमित भएकोमा ११ लाख ७५ हजार ७२२ जना निको भएका छन् ।

        युरोपियन देशहरुमा १ लाख ८७ हजार ३८७ जनाको मृत्यु भएको छ । २२ लाख ९७ हजार ७६७ जना संक्रमित भएकोमा १२ लाख ४९ हजार ५५३ जना निको भएका छन् । दक्षिण अमेरिकी देशहरुमा ७० हजार २८७ जनाको मृत्यु भएको छ । १७ लाख ४४ हजार ३०७ संक्रमित भएकोमा ९ लाख ४८ हजार ८९९ जना निको भएका छन् ।

        उत्तर अमेरिकी देशहरुमा १ लाख ५३ हजार २०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ९४ हजार ४७९ पुगेको छ । त्यसमध्ये १२ लाख ४ हजार ७३८ जना निको भएका छन् । ओसिनियाका देशहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५२ जना संक्रमित भएकोमा ८ हजार ४७० जना निको भएका छन् । अफ्रिकी देशहरुमा ७ हजार ९४१ जनाको ज्यान गएको छ भने २ लाख ९९ हजार ८४१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४४ हजार ९८५ जना निको भएका छन् ।

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६