अर्थ-वाणिज्य

सीमादेखि बस्तीसम्म प्रदेश सरकार छपक्क : सभापति न्यौपाने



रुपन्दही, ७ असार ।प्रदेश नं. ५ सरकारले सीमादेखि बस्तीसम्मको विकासलाई मुख्य प्राथामिकतामा राखेको छ । भारतीय सीमासंग जोडिएका बस्तीहरुको विकासमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुका साथै त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र कृषिलाई अगाडी बढाएको प्रदेश नं.५ का प्रदेश सभा सदस्य अर्थात अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले जानकारी दिनुभयो । 

        रुपन्देहीको रोहिणी गाउँपालिकामा निर्माणाधिन जनता आवास कार्यक्रम अन्तरगत बनेका भवनहरुको अनुगमनमा सीमा क्षेत्र पुगेका सभापति न्यौपानेले प्रदेश सरकार सीमादेखि बस्तीसम्मको बिकासमा लागिरहेको बताउनु भयो । आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश सरकारबाट गरिब, असहाय र विपन्न बर्गका लागिपरेको जनता आवास कार्यक्रम अन्तरगतको बजेटबाट रोहिणी गाउँपालिकामा निर्माण भैरहेका भवनहरुको अनुगमन गर्ने क्रममा उहाँले जनताको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकार तत्परताका साथ लागेको जानकारी सभापति न्यौपानेले दिनुभयो ।

        उहाँले गरिव तथा असहायका लागि प्रदेश सरकारले थप योजनाहरु अगाडी सारेको बताउदै आगामी बर्षमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमा बजेट विनियोजित गरेको जानकारी दिनुभयो ।रोहिणी गाउँपालिका वार्ड नं. २,४,५ र ६ मा प्रदेश सरकारले निर्माण गरिरहेको २३ वटा जनता आवास कार्यक्रम अन्तरगत बनिरहेका भवनहरुले गरिव तथा असाहयहरुको मुहार खुसी ल्याउने न्यौपानेको भनाई छ । 

    सभापति न्यौपानेले त्यस क्षेत्रमा निर्माणधिन वेनीपुर मदरसा र मुख्यमन्त्री ग्रामिण कृषि कार्यक्रमको प्रगती विवरण समेत जानकारी लिएको उहाँका स्वकिय सचिव हिमाल पाण्डेले जानकारी दिनुभयो ।प्रदेश सभा सदस्यमा निर्वाचित भएसंगै मधेसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका न्यौपानेले आगामी बर्षका लागि समेत धेरै योजनाहरु लिएर गाउँगाउँमा पुगेको नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य प्रदिप पाण्डेले जनाउनु भयो । 

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६