अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ९० लाख ४४ हजार बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३६ हजार बढी मानिस संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ४४ हजार ९३९ पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ६६५ पुगेको छ ।

        वल्डोमिटर्सको तथ्याङ्क अनुसार  कोरोना भाइरसबाट उपचारपछि निको हुनेको संख्या ४८ लाख ३७ हजार ९३९ पुगेको छ भने ३७ लाख ३५ हजार ९४० को उपचार भइरहेको छ । कोरोना भाइरसकै कारण १ प्रतिशत ५४ हजार ७३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसका कारण एसियाली देशहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना  निको भएका छन् ।

         युरोपियन देशहरूमा १ लाख ८७ हजार ६२६ जनाको मृत्यु भएको छ । २३ लाख १० हजार ९६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३८५ जना निको भएका छन् । दक्षिण अमेरिकी देशहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना निको भएका छन् ।

        उत्तर अमेरिकी देशहरुमा १ लाख ५३ हजार ९४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २०५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना निको भएका छन् । ओसिनियाका देशहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना निको भएका छन् ।

        अफ्रिकी देशहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६