अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ९३ लाख ५३ हजार बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी, १० असार ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ५३ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ लाख ७९ हजार ८ सय ५ पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये ५० लाख ४१ हजार ७ सय ११ जना निको भइसकेका छन् । विश्वभर कोरोना भाइरसका ३८ लाख ३२ हजार २ सय १९ जनाको उपचार भईरहेको छ । उपचाररथ मध्ये २ प्रतिशत ५७ हजार ९११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

    एसियाली देशहरु मध्ये सबैभन्दा बढी भारत र त्यसपछि इरानमा कोरोनाको संक्रमण पुष्टि भएको छ । एसियाली देशहरुमा १९ लाख ८२ हजार ६ सय २ जना कोरोना संक्रमित पुष्टि भएकाद छन् । एसियाली मुलुकमा ५० हजार ४६ जनाको मृत्यु भइसकेको छ ।

    युरोपेली देशहरुमा २३ लाख ४२ हजार २ सय ७१ जना कोरोना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ७ सय २४ जना थपिएका छन्  भने १ लाख ८८ हजार ६१३ जनाले ज्यान गुमाई सकेका छन् । यस्तै उत्तर अमेरिकी मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २८ लाख १९ हजार ९ सय ३१ पुगेको छ ।

    अफ्रिकी मुलुकमा कोरोना संक्रमितको सङ्ख्या ३ लाख २७ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये पछिल्लो २४ घण्टामा ९ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ९२४ लाख २४ हजार १ सय ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

        ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ भने रसियामा ५ लाख ९९ हजार ७ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार १ सय १५ पुगेको छ । १४ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन् भने २ लाख ५८ हजार ५७४ जना उपचार पछि निको भएर घर फर्केका छन् ।

        नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या १० हजार ९९ पुगेको छ भने २४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमित मध्ये २ हजार २ सय २४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । विश्वमै सबैभन्दा बढी मारमा परेको अमेरिकामा कोरोना भाइरसका कारण  २४ लाख २४ हजार १ सय ६८ जनामा कोरोनाको पुष्टि भएको छ भने १ लाख २३ हजार ४ सय ७३ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६