पर्यटन

तिलौराकोट क्षेत्रमा घाँस काटने वाहनामा लाखौं रुपैया झ्वाम



तौलिहवा १० असार   बिदेशी दातृ निकायले दिएको र नेपाल सरकारले विनियोजन गरेको रकम कसरी दुरुपयोग हुने गरेको छ भन्ने एउटा तथ्य बुद्धको २९ वर्ष वितेको तिलौराकोट क्षेत्रवाट उद्घाटित भएको छ । विबरण अनुसार लुम्विनी विकास कोषको पुरातत्व महाशाखा अन्तर्गत गत वर्ष तिलौराकोटमा घाँस काट्ने तथा सरसफाई गर्ने शिर्षकमा २४ लाख रकम राखियो । 

            गत बर्ष सो रकम खर्च गरेर तिलौराकोटको झाडी सफा गरिएको वताइयो । फेरी यसपाली तिलौराकोट क्षेत्रमा सरसफाई र घास काट्ने भनेर ३ लाख ५० हजार विनियोजन गरियो । त्यो रकम पनि कसरी खर्च भएको देखाउने भनेर असार लागेपछि त्यो क्षेत्रमा काम गर्न भनेर १ दर्जन  मजदुरहरु खटाइएकाछन् । 

तिलौराकोट क्षेत्र सफा र सुन्दर हुनुपर्छ तर फजुल खर्च नियन्त्रण गर्ने गरी सरकारले कडाई गरेकै बखत असारमा आएर केहि मान्छे लगाएर घाँख ४/६ दिन घाँस काट्ने वाहनामा ३ लाख ५० हजार खर्च हुनु अस्वभाविक रुपमा रकमको दुरुपयोग हो । देशमा एक प्रकारले  लकडाउनकै अवस्था छ । कोरोना महामारीले तिलौराकोट क्षेत्र सुनसान छ । कोही तत्काल आउने संभावना छैन । 

        वर्षायाम शुरु भएकाले एक डेढ महिनामै फेरी घास पलाउछ । त्यसैले खर्चकालागि खर्च गर्न असारमा हतार हतार रकम झवाम नपारेर यहि काम असौजको सुरुवातमा गर्ने हो भने कमसेकम कार्यक्रमको औचित्य पुष्टि हुने वताउनु हुन्छ तिलौराकोट क्षेत्रका स्थानीय विनोद हरिजन । यता तिलौराकोट क्षेत्रको रेखदेख र संरक्षणको नेतृत्व गर्ने कोषका कर्मचारी एवम तिलौराकोट साइटका प्रमुख माधव आचार्यले तिलौराकोटमा सरसफाईको काम भई रहेको वताउनु भयो । यसमा  पुरातत्व महाशाखाका प्रमुख हिमाल उप्रेती नै फिल्डमा खटिएर कामको नेतृत्व गर्नु भएको छ भन्दै के कति वजेट हो भन्ने थहा आफूले नपाएको वताउनु भयो । 

        यसको गजव तथ्य के हो भने ति पुरातत्व महाशाखाका प्रमुख उप्रेतीले आफैले कार्यक्रम प्रस्ताव गर्छन । स्वीकृत हुन्छ , आफैले कोषवाट अख्तियारी लिएर काम गर्छन ।  कागजी रुपमा गलत विवरण पेश गरेर तिलौराकोटका नाममा लाखौ लाख रकम झवाम पर्छन । यो क्रम केहि वर्ष यता हुदै आएको छ । उनी आफूलाई अत्यन्तै सदगी रुपमा देखाउने  चतुर कुटनितिज्ञ छन् । कुराकानीका क्रममा अयन्तै बनाएर बस्तुस्थिती दर्शाउन खोज्छन् । तर काम गर्ने पारदर्शीता र यथार्थताको कमी उनमा ब्यापक छ । 

        यो समाचार लेख्नुको तात्पर्य यो होइनकी तिलौराकोट सधैव झाडी नै रहनु परयो । सफा हुनु भएन भन्ने होइन । तर असारे विकास हतारमा निकास र ब्यक्तिगत लाभमा उपयोग हुनु भएन । उप्रेतीले बर्षाैदेखि गर्दै आएको यस्तो धन्दाको अव छानविन हुनु पर्छ भन्नु हुन्छ तिलौराकोटका स्थानीय अच्यूत मरासीनी । 

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६