प्रदेश

जेसिज कपिलवस्तुद्धारा कोरोना महामारीका बिचमा २ पटक रक्तदान , जुट्यो ७६ युनिट रगत



बिकास थापा कपिललवस्तु असार ११ – मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल मर्मलाई आत्मसात गर्दै जेसिज कपिलवस्तुले बिहिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोरोना भाईरसको यो बिषम परिस्थितीमा सामाजिक उत्तरदायि काम गरिरहेको जेसिज कपिलवस्तुले सप्ताहब्यापी कार्यक्रमको अन्तगर्त पाचौ दिन रक्तदान कार्यक्रम आयोजना गरेको हो । Image may contain: 6 people, including Prabin Paudel and Manoj Kumar Khatri, people standingप्रतिकुल मौसमका बाबजुद पनि रक्तदान कार्यक्रम सफल भएको र २६ यूनिट रगत संकलन भएको जेसिज कपिलवस्तुका अध्यक्ष मनोज कुमार खत्रीले बताउनुभएको छ । यस अघि चैत्र ३० गते पनि जेसिजले रक्तदान कार्यmक्रम आयोजना गरि ५० यूनिट रगत संकलन गरेको थियो ।

Image may contain: 1 person, sittingरक्तदान कार्यक्रममा बेडको ब्यवस्थापन यूनाईटेड हस्पिटल चारनम्बर जितपुरले गरेको अध्यक्ष खत्रीको बताउनुभयो ।  कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनका कारण रगतको अभाव बढ्दै गएको अवस्थालाई मध्यनगर गर्दै यस्तो खालको कार्यक्रम गरिएको उहाको भनाई  छ ।

Image may contain: 1 personरेडक्रस सोसाईटी तौलिहवा शाखालाई संकलन भएको रगत बुझाईएको कार्यक्रम संयोजक जेसि मधु शर्माले जानकारी गराउनुभयो । रक्तदान गर्ने सबैलाई सम्मान सहित प्रमाणपत्र पनि वितरण गरिएको थियो । यस अघि सप्ताह ब्यापी कार्यक्रम अन्तरगत धान रोपाई ,वक्तृत्वकला ,योगाअभ्यास ध्यानमुलक कार्यक्रम सम्पन्न भईसकेका छन ।

Image may contain: 3 people, including Manoj Kumar Khatri, people standing and people sitting

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६