अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा घर घरमै गएर कोरोना परीक्षण गरिने



सिड्नी, ११ असार । अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो । अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ । 

        कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अष्ट्रेलियाकै लागि सवैभन्दा बढी चुनौतीपुर्ण क्षेत्र मानिएको छ । भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अष्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो ।

        परीक्षण कार्यमा सम्लग्न हुनुभएका प्रिमियर ड्यानियल एन्डु«जले दैनिक दश हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिनुभयो । उहाँले यही दरमा कोरोना परीक्षणको कार्य दश दिनसम्म जारी रहेने पनि बताउनुभयो । परीक्षण सवै निःशुल्क गरिने छ भने नागरिकप्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ ।   परीक्षण कार्यमा सम्लग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै एक हजार सैन्य अधिकारीहरुले समेत सघाउने जनाइएको छ । अष्ट्रेलियामा अहिलेसम्म कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या सात हजार ५०० रहेको छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ । ( रासस/एपी)

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६