सुदूरपश्चिम

आरडिटी नेगेटिभ आएको आत्महत्या गरेका युवकमा कोरोना पुष्टि



दैलेख, ११ असार ।  दैलेखमा आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए । बसेको १४ दिनपछि आरडिटी  नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो । 

        क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि यही असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा उनी मृत फेला परेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।   असार १० गते दुल्लु अस्पतालमा लगी शव परीक्षणका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको थियो । त्यहाँको परीक्षणमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६