प्रदेश

देशका अधिकांश स्थानमा वर्षा, चट्याङसहित बाढी पहिरोको सम्भावना, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, १२ असार ।  जल तथा मौसम पूर्वानमुमान महाशाखाले देशका विभिन्न भूभागमा आज विहानैबाट वर्षा भइरहेको जनाएको छ । मुलुकभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकोले केही दिन अझै वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको हो । मुलुकका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित हल्का, मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

        मुलुकका अधिकांस भूभागमा वर्षा भइरहेको हुँदा ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको स्थानमा डुबानमा पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ तीन दिनको मौषम पूर्वानुमान 

असार १२ गते शुक्रबार

दिउँसोः देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा  संभावना  रहेको छ। 

रातीः  देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १३ गते शनिबार

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन रचट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १  प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १४ गते शनिबार

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १  प्रदेश २ तथा बाग्मती प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ।  सुदुरपश्चिम प्रदेश तथा प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६