अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ९७ लाख १० हजार बढी संक्रमित, ४ लाख ९१ हजार बढीको मृत्यु



एजेन्सी,  १२ असार । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ९७ लाख बढी मनिसहरु संक्रमित भएका छन् । वल्डो मिटर्सको तथ्याङ्क अनुसार शुक्रबार विहान यो समाचार तयार पार्दासम्म विश्वभर कूल ९७ लाख १० हजार १६७ जना मानिसहरुमा कोराना संक्रमण पुष्टि भएको छ । कोरोना कहरकै कारण विश्वभर ४ लाख ९१ हजार ७८३ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ३९ लाख ६२ हजार ६५३ जनाको उपचार भईरहेको छ भने उपचाररथ ५७ हजार ६२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वभर ५२ लाख ५५ हजार ७३१ जनाले कोरोना संक्रमण जितेका छन् । 

        एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा पुष्टि भएको छ । भारतपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । युरोपेली मुलुकमध्ये रसियामा सबैभन्दा संक्रमित पुष्टि भएका छन् । रसियामा ६ लाख १३ हजार ९ सय ९४ मा कोरोना पुष्टि भएको छ भने गएको २४ घण्टामा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । युरोपका मुलुकमा २३ लाख ७२ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ८९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

        अफ्रिकाका ५७ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अफ्रिकामामा ३ लाख ५० हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ हजार १ सय ३ जनाले ज्यान गुमाएका छन् । उत्तर अमेरिकी मुलुकमा २९ लाखभन्दा बढी कोरोनाको संक्रमणमा छन् भने ४५ हजारभन्दा बढी नयाँ थपिएका छन् । उत्तर अमेरिकाका देशहरुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ३ सय १० पुगेको छ । निको हुने १३ लाख ८ हजार छन् ।

        दक्षिण अमेरिकी मुलुकहरुमा १९ लाख ८४ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७७ हजार ८ सय ५० जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी मुलुकमा पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै संक्रमित ब्राजिलका छन् ।

        कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ४ हजार ५८८ पुगेको छ । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ७८० पुगेको छ भने १० लाख ५२ हजार २९३ जना कोरोना संक्रमणबाट निको भएका छन् । 

        अमेरिका, ब्राजिल र रसियापछि छिमेकी राष्ट्र भारतमा धेरै कोरोना संक्रमितको संख्या पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा कुल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ६ सय ७१ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा ४ सय १ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।  भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ ।

        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार नेपालमा हालसम्म ११ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २६ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार ६ सय ५० जना निको भएका छन् ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६