अन्तर्राष्ट्रिय

कोराना कहरः विश्वभर संक्रमितको संख्या १ करोड नजिक



एजन्सी, १३ असार । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमितको संख्या एक करोड नजिक पुगेको छ । शनिबार विहासम्म विश्वभर ९९ लाख ४ हजार ९ सय ६ जना कोरोना संक्रमित पुगेका छन् । विज्ञहरुले अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २ करोड पुगेको हुनसक्ने पूर्वनुमान गरेका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुुसार शनिबार विहनसम्म यो समाचार  तयार पार्दासम्म ४ लाख ९६ हजार ८६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

            विश्वभर संक्रमितमध्ये ५३ लाख ५७ हजार ६३१ सय जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । विश्वभर उपचाररथ ४०लाख ५० हजार ४०९ मध्ये ५७ हजार ६३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

        एसियाली मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा भारी बृद्धि भएको छ । भारतमा ५ लाख ९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा १५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

भारतमा कोरोना पुष्टि भएपछि निको भएर घर फर्किनेको संख्या २ लाख ९५ हजार पुगेको छ ।एसियाली मुलुकमा २१ लाख १८ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना संक्रमित थपिएका छन् । एसियाली देशहरुमा ५२ हजार संक्रमितको मृत्यु भईसकेको छ ।यस्तै १३ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् ।

        युरोपेली देशहरुमा २३ लाख ८८ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ सय बढीको मृत्यु भएको छ । यहाँका देशहरुमा १३ लाख २६ हजार ७ सय ३३ जना निको भएर घर फर्किएका छन् भने १ लाख ९० हजारको मृत्यु भएको छ ।

        उत्तर अमेरिकी देशहरुमा २९ लाख ६९ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा यी देशहरुमा१ हजार ४ सय जनाले कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै दक्षिण अमेरिकी मुलुकमा २० लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने पछिल्लो २४ घण्टामा थप ६३ हजारमा जनामा कोरोना पोजेटिभ देखिएको छ ।

        नेपालमा कोरोना भाइरसकाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार साँझसम्म नेपालमा ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ २ हजार ६ सय ९८ जना  निको भएर घर फर्किसकेका छन् । 

प्रकाशित : १३ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६