अन्तर्राष्ट्रिय

विश्वभर १ करोड ८० हजार भन्दा धेरै मानिस कोरोना संक्रमित ५ लाखभन्दा बढीको मृत्यु



एजेन्सी, १४ असार । कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दास्म्म आइतबार बिहान विश्वभर संक्रमितको संख्या १ करोड ८० हजार २२४ पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १ हजार २६२ पुगेको छ ।

            कोरोना संक्रमणपछि उपचारपछि निको हुनेको संख्या ५४ लाख ५७ हजार ९४५ पुगेको छ भने ४१ लाख २१ हजार १७ मानिसको उपचार भइरहेको छ । उपचाररथ मध्ये ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

         एसियाली देशहरुमा ५३ हजार ८७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् ।कोरोना  भाइरसका कारण युरोपियन देशहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ । त्यहाँ २४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना निको भएका छन् ।

        दक्षिण अमेरिकी देशहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना निको भएका छन् । उत्तर अमेरिकी देशहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना निको भएका छन् ।

         ओसिनियाका देशहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार २७३ जना संक्रमित भएकोमा ८ हजार ५७० जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना निको भएका छन् ।

        विश्वमा सबैभन्दा बढी कोरोना भाइरसबाट प्रभावित भएको अमेरिकामा २५ लाख ९६ हजार ५३७ जना कोरोना संक्रमित भएका छन् । कोरोनाबाट १ लाख २८ हजार १५२ जनाको मृत्यु भईसकेको छ भने १० लाख ८१ हजार ४३७ जना निको भईसकेका छन् । 

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६