अर्थ-वाणिज्य

कपिलवस्तुको औधोगिक विकासमा प्रदेशको १ करोड लगानी



कपिलवस्तु १५असार कपिलवस्तुमा वाणिज्य तथा आपुर्ति व्यवस्थापन र औधोगीक विकास तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ करोड ९ लाख रुपैया वजेट विनीयोजन गरिएको छ । उपभोक्ता जागरण, वजार अनुगमन, प्रचार प्रसार तथा उपभोक्ता हक हितका लागि वाणिज्य तथा आपुर्ती व्यवस्थापन अन्तर्गत १२ लाख छुट्याईएको छ । औधोगीक विकास तथा प्रवद्र्धन मार्फत जिल्लाका विपन्न वर्गकालागि सिप विकास, प्रविधि हस्तान्तरण, नयाँ उद्यमी तयार तथा सिमान्तकृत समुदायका लागि नयाँ सिप प्रवर्धनात्मक कार्यक्रमका लागि ७१ लाख रकम विनीयोजन गरिएको हो । 

            प्रदेश नं ५ सरकारवाट आर्थिक वर्ष २०७७/७८ मा कार्यक्रम कार्यान्व्यनका लागि सो वजेट विनीयोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रकाशन गरेको वार्षिक कार्यक्रममा उल्लेख भए अनुसार दुवै कार्यक्रम मार्फत कार्यक्रम संचालन गरिने छ । प्रदेश सरकार, स्थानीय सरकार तथा संघीय सरकारले अहिले कोभिड १९ पछिको अवस्थामा युवा स्वरोजगारलाई प्रवर्धन गर्नको लागि नयाँ उद्यमी तयार गरि सिप विकास मार्फत आय आर्जनमुलक कार्यक्रम संचालन गर्ने मुख्य उद्देश्य वनाई योजना अघि वढाएको छ । जिल्लामा १० पालीकाले पनि सिप विकास, लघुउद्यम विकासका लागि नीति निर्माण गरि वजेट निर्माण गरेका छन् । यस्तै प्रदेश सरकारले पनि वजेट व्यवस्थापन गरि जिल्लामा आगामी आर्थिक वर्षमा नयाँ उद्यमी निर्माण गरि रोजगारमुलक व्यवसायमा प्रवर्धन गरिने अपेक्षा गरिएको छ । प्रदेश सरकारले जिल्लाका लागि विनीयोजन गरेको वजेट निम्नानुसार रहेको छ । 

वाणिज्य तथा आपुर्ति व्यवस्थापन कार्यक्रम :

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि वाणिज्य तथा आपुर्ति व्यवस्थापन कार्यक्रम  अन्तर्गत १२ लाख रकम छुट्याएको छ । जसमा विद्यालय वा समुदाय स्तरमा उपभोक्ता जागरण, क्लव गठन गरि उपभोक्ता शिक्षा कार्यक्रम संचालन गर्नको लागि २ लाख रकम विनीयोजन गरेको छ । यस्तै प्रत्येक जिल्लाका दश वटा विद्यालयमा उपभोक्ता प्रशिक्षक मार्फत उपभोक्ता जागरढा कक्षा संचालन गर्न २ लाख ५० हजार, वजार अनुगमन निरिक्षणका लागि जिल्ला भरी कार्यक्रम संचालन गर्न २ लाख, उद्योग वाणिज्य फर्मको तथ्याँकहरु अपडेटका लागि २ लाख, उद्योग तथा वाणिज्य प्रशासन व्यवस्थापनका लागि २ लाख, उपभोक्ता दिवश मनाई कार्यक्रम संचालन गर्न ५० हजार र स्थानीय पत्र पत्रिका र रेडियो मार्फत सूचना आदान प्रदान गर्नको लागि १ लाख रकम विनीयोजन गरिएको हो ।

औधोगीक विकास तथा प्रवद्र्धन कार्यक्रम :

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि औधोगीक विकास तथा प्रवद्र्धन कार्यक्रम  अन्तर्गत ७१ लाख रकम छुट्याएको छ । यसमा सवै भन्दा धेरै रकम परम्परागत सिप विकास तथा प्रविधिमा आधारीत नयााँ उद्यमी तयार गर्नको लागि ४० लाख रकम विनीयोजन गरिएको छ । जसमा नयाँँ उद्यमी तयार भई सिप हासिल गर्न सक्ने प्रदेशले लक्ष्य लिएको छ । जिल्ला भरमा यो कार्यक्रम संचालन गरिने छ र सिप सिकि आत्म निर्भर हुने गरि कार्यक्रम संचालन गरिने छ । 

यस्तै विपन्नमुखि आयमुलक सिप विकास तालिम संचालनका लागि ३ लाख, जिल्ला स्तरमा लघु घरेलु तथा साना उद्योगीहरुलाई प्रविधि हस्तान्तरणका लागि  १२ लाख, उद्योग दिवश मनाउनको लागि ५० हजार, मुक्तकमैया, कमलरी, माझी, कुमाल, हलिया, तथा लोपोन्मुख सिमान्तकृत समुदायलाई सिप मुलक तालिम १ लाख ५० हजार, सिप विकास तथा रोजगार कार्यक्रम संचालन गरि फरक क्षमता भएका, एकल महिला, दलित जनजातीका लागि कार्यक्रम संचालन गर्न २ लाख रकम विनीयोजना गरिएको हो । 

साथै सिप विकास मार्फत प्रवर्धनात्मक कार्यक्रम संचालका लागि संचालनमा आएका उद्यमीहरुको उद्योग संचालन स्तरोन्नती तालिम कार्यक्रमका लागि ३ लाख, उत्पादीत वस्तुको गुणस्तर लेभलिङ सम्वन्धमा अभिमुखिकरण गोष्ठी संचालनका लागि १ लाख, कोशेलीघर संचालनका लागि सहयोग गर्न ३ लाख रकम छुट्याईएको छ । लघु घरेलु तथा साना उद्योगको अनुगमन र निरिक्षणका लागि १ लाख, घरेलु तथा सना उद्योग कार्यालयको अभिलेख व्यवस्थापनका लागि १ लाख र आन्तरीक उत्पादन मेला प्रदर्शनीका लागि ३ लाख रकम विनीयोजना गरिएको हो । 

कार्यालय स्थापना :

प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयहरु स्थापना अन्तर्गत कपिलवस्तमा कार्यालय भवन निर्माणका लागि २५ लाख र पुजीगत सुधार खर्च भवनको लागि १ लाख रकम छुट्याइएको छ । सरकारले छुट्याएको रकम अन्तर्गत स्थानीय सरकारले पनि रकम विनीयोजन गरेका छन् । यसरी विनीयोजीत रकमले जिल्लामा उपभोक्ता हित, विपन्न समुदायका लागि सिप महत्वपुर्ण हुने गरि कार्यक्रम कार्यान्वय गर्ने अपेक्षा गरिएको सरोकारवालाहरुले वताएका छन् । 

प्रकाशित : १५ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६