ब्रेकिंग न्युज

५ दिनदेखि रोकिएको रेडियो प्रशारण सूचारु, रेडियो तथा टेलिभिजन कक्षा बुधवारवाट



कपिलवस्तु १६ असार   मौषमी बर्षासंगै परेको चटयाङका कारण रेडियो एण्टेना र यूपिएस क्षेति हुदा विगत ५ दिन देखि प्रशारण रोकिएको सामुदायिक रेडियो बुद्ध आवाज सूचारु भएको छ । उपकरण मर्मत संभार र परिवर्तन पछि कपिलवस्तु संचार संहकारी संस्था लिमिडेडद्धारा संचालीत सामुदायिक रेडियो वुद्धआवाज ८९ विन्दु ६ मेघाहर्जको प्रशारण पुन नियमित भएको हो

     विगत ५ दिन देखि प्रविधिमा समस्या आएपछि रेडियोवाट हुने नियमित प्रशारण  रोकिएसंगै अनगिन्ती श्रोता तथा शुभेच्छुकले बुद्ध आवाजको विषयमा चासो र चिन्ता गरेको भन्दै यस घटनाले आम श्रोतामा परेको प्रभाव प्रति रेडियो स्टेशनले दुख प्रकट गरेको छ । लक डाउनका कारण काठामाण्डौवाट आउनु पर्ने उपकरण र वाहिर जिल्लावाट विषयगत प्राविधिक  आउन ढिलाई हुदा समस्या ५ दिन सम्म लम्विएको संचार सस्थाका ब्यवस्थापक भेषराज पाण्डेले वताउनु भएको छ ।

        रेडियो संचालनको १२ वर्षमा यति लामो समय सम्म समस्या पहिलो पटक आएको वताउदै बुद्ध आवाजले बाणगंगा नगरपालिकाको शिक्षा शाखावाट संचालन हुने रेडियो कक्षा बुधवार ११ वजेवाट संचालनमा आउने स्टेशनले जनाएको छ । बुद्ध आवाजले कक्षा १० को सबै विषयको रेडियो कक्षा संचालन गर्ने जिम्मेवारी पाएकोछ । यस्तै टेलिभिजन बुद्ध आवाजले कक्षा ४ देखि १०सम्मका गणित विषयका कक्षा समेत बुधवारवाटै संचालन गर्नेछ । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६