अन्तर्राष्ट्रिय

अमेरिकामा प्रतिदिन एक लाख कोरोना संक्रमित थपिन सक्छन्:फाउची



एजेन्सी, १७ असार । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन  संकटपूर्ण हुने चेतावनी दिएक छन् । 

        अमेरिकामा मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ । कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भनेका छन् हामीले सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा शंका गर्नुपर्ने ठाउँ नै छैन । 

        जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ पुगेको छ ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६