प्रदेश

शत्रुजीव सलह काठमाडौं उपत्यका सहित २५ भन्दा धेरै जिल्लामा पुग्यो



कपिलवस्तु, १७ असार । गत शनिबार मात्र भारतबाट नेपाल प्रवेश गरेको शतु जीव सलह किरा काठमाडौं उपत्यका लगायत देशका २५ भन्दा बढी जिल्लामा  पुगेको अधिकारीहरुले बताएका छन्। काठमाडौं प्रवेश गरेको शत्रुजीव सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिनुभयो ।

        बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डौ आइपुगेको कृषि विदहरुले दाबी गरेका छन् । विद्हरुका अनुसार नेपाल पसेको सलहको समूह विभिन्न साना समूहमा छुट्टिएर २५ भन्दा धेरै जिल्लामा फैलिसकेको छ । सलह किराले कपिलवस्तु, अर्घाखाँची, प्युठान, दोलखा, स्याङ्जालगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा ठूलो क्षति पुर्‍याएको किसानहरुले बताएका छन् । 

        कपिलवस्तु, अर्घाखाँची, प्युठान लगायतका स्थानमा स्थानीयले झ्याली बाजा बजाएर तथा थाल ठटाएर सलह किरा लखेटेका छन् । साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८–९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकोले विहानको समयमा विषादी प्रयोग गर्न उपर्युक्त हुने कृषिविदहरुले बताएका छन् ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६