अन्तर्राष्ट्रिय

सयौँ हात्ती मृत फेला, मृत्युको कारण थाहा छैन



वि.वि.सि. असार, १८ ।बोत्स्वानामा दुई महिनामा सयौँ हात्ती मृत अवस्थामा फेला परेका छन्। त्यति ठूलो सङ्ख्यामा हात्तीहरू के कारणले मरे भन्ने थाहा हुन सकेको छैन। संरक्षणकर्मी डा। नाईअल मक्कानका अनुसार उक्त दक्षिणी अफ्रिकी देशको ओकाभाङ्गो डेल्टा क्षेत्रमा उनका सहकर्मीहरूले गत मे महिनाको आरम्भदेखि ३५० वटाभन्दा बढी हात्तीका शव फेला पारेका हुन्। सरकारले हात्तीको मृत्युको कारण पत्ता नलागेको बताएको छ।

        शवबाट सङ्कलित नमुना परीक्षणका लागि पठाइएको छ र परिणाम आउन अझै केही साता लाग्नेछ। अफ्रिकामा भएका हात्तीको कुल सङ्ख्याको एकतिहाइ बोत्स्वानामा पाइन्छ । बोत्स्वानामा वन्यजन्तु संरक्षणमा कार्यरत व्यक्तिहरूले विमानबाट गरेको निरीक्षणपछि मे महिनामा हात्तीको मृत्युबारे सरकारलाई जानकारी दिएको यूकेस्थित न्याश्नल पार्क रेस्क्यू नामक परोपकारी संस्थासँग आबद्ध डा। मक्कानले बीबीसीलाई बताए।

        “तीन घण्टाको उडानमा उनीहरूले १६९ वटा ९शव० देखे,” उनले भने। “तीन घण्टाको उडानमा त्यति सङ्ख्यामा देखिनु र गन्न सकिनु असामान्य कुरा हो।” “एक महिनापछि थप अनुसन्धानमा अरू शवहरू चिनियो जसबाट कुल सङ्ख्या ३५० भन्दा बढी भयो।”

        उनका अनुसार अनावृष्टिसँग सम्बन्ध नभएको कुनै एउटै घटनामा यति ठूलो सङ्ख्यामा हात्तीको मृत्यु हुनु एकदमै अस्वाभाविक हो।विज्ञान, प्रविधि र अनुसन्धानसम्बन्धी सामग्री सङ्ग्रह गर्ने एक वेबसाइटका अनुसार मृत हात्तीको शरीरबाट दाह्रा ननिकालिएको भन्दै मे महिनामा सरकारले हात्तीको मृत्युमा अवैध सिकारीको संलग्नता नभएको जनाएको थियो । मक्कानका अनुसार हात्तीबाहेक अरू जीव मरेका छैनन्।

        “सिकारीहरूले साइनाइड प्रयोग गरेको भए अरूको पनि मृत्यु भएको देखिनुपर्थ्यो।” गत वर्ष बोत्स्वानामा एन्थ्र्याक्सका कारण १०० वटा हात्ती मरेका थिए। तर डा। मक्कानले यो घटनामा ब्याक्टेरियाले गराउने एन्थ्र्याक्सका कारण हात्तीको मृत्यु भएको सम्भावना अस्वीकार गरे।तर विज्ञहरूले विष वा रोगका कारण हात्तीको मृत्यु भएको सम्भावना खण्डन गर्ने सकेका छैनन्।डा. मक्कानका अनुसार मृत्यु हुँदा धेरै हात्तीको मुख भुइँमा जोतिएको छ तथा अरू हात्तीहरू वृत्ताकार बनाउँदै घुमेका छन्। यसले उनीहरूको ‍स्नायुप्रणालीमा आक्रमण भएको हुनुपर्ने उनको निष्कर्ष छ। हात्तीमा देखिएको यो समस्याको सम्बन्ध पानीको स्रोत वा माटो केसँग रहेछ भने कारण पत्ता नलागेसम्म मानिस पनि प्रभावित हुनसक्ने जोखिम हुने उनी बताउँछन्। उनले वन्यजन्तुमा पनि कोरोनाभाइरस फैलिएको अनुमानतर्फ औँल्याए। “यो संरक्षणमा एउटा विपद् हो। तर यसबाट जनस्वास्थ्य सङ्कटको सम्भावना पनि छ,” उनले भने।

        बोत्स्वानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका कार्यवाहक निर्देशक सिरल टाओलोले गार्डीअनलाई बताएअनुसार विभागले अहिलेसम्म २८० वटा हात्ती मरेको पुष्टि गरिसकेको र अरू गर्ने प्रक्रिया चलिरहेको छ। मृत्युको कारण भने पत्ता लागिनसकेको उनले बताए। उनले परीक्षणका लागि नमुना पठाइएको र परिणाम आउन समय लाग्ने बताए।

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६