अन्तर्राष्ट्रिय

भारतको कानपुरमा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिए



काठमाडौं १९ असार । भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् ।गोली लागेर ७ जना प्रहरीहरु घाइते भएका छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ ।लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए ।

         ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको जानकारी प्रहरीले दिएको छ ।मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरुविरुद्ध कारवाही चलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेको छ ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६