जीवनशैली

टिप्परवाट २ को मृत्यू ,एक बेपत्ता ९ घाइते



प्यूठान  २० असार   प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । नौबहिनी गाउँपालिका ८ लुप्लुङबाट चुनढुंगा बोकेर दाङको कालाकाटेतर्फ आउदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको हो । दुर्घटनामा नौबहिनी–६ पीपलटारीका ३० वर्षीय चालक रोशन थापा र अन्दाजी २७ वर्षका सह–चालक जोगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । टिपर सडकबाट ५ सय मिटर तल माडी खोलामा खसेको प्रहरीले जनाएको छ । 

        यसै विच पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो खोलामा डुबेर बेपत्ता भएका एक किशोरको शव शनिबार मध्यान्ह फेला परेको छ । शुक्रबार रूपन्देहीको कञ्चन खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका कञ्चन गाउँपालिका वडा ४ निवासी १७ वर्षीय अर्जुन थापा मृत अवस्थामा फेला परेका हुन् । साथीहरूसँग पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उनको पौडी खेलेको ठाउँभन्दा एक किलोमिटर दक्षिणतर्फ पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ । 

        यता छिमेकीबीच कुटपिट हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ मधुवनीमा ९ व्यक्ति घाइते भएका छन् । सुखनी यादवको छतबाट बगेको पानी प्रदीप पटेलको खेतमा गएको विषयमा शुक्रबार साँझ सवा ७ बजे भनाभन हुँदै कुटपिटमा परिणत भएको थियो । कुटपिटबाट ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले वताउनु भयो ।

        घटनामा २ जना गम्भीर घाईते भएका छन् । सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहाल हुँदै लठ्ठी र दाउरा प्रहार भएको थियो । घाइते भएका ९ जनाकै बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चन्द्रा भर र प्रदीप पटेलको आइसीयुमा उपचार भइरहेको छ । छिमेकीबीचको अन्य तिक्ततासमेत बलेनीमा पोख्दा विवाद बढेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छपिया खटेको प्रवक्ता खत्रीले बताए ।

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६