अन्तर्राष्ट्रिय

१० हजार कोरोना प्रभावितलाई पोर्चुगलमा निःशुल्क खाना अभियान



लिस्बन २१ असार । । कोरोना भाइरस  को महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न वर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् । बाग्लुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न वर्गीय परिवारका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेका हुन् ।सापकोटाले कोरोनाका कारण समस्यामा परेका राजधानी लिस्बनका २५ सय परिवारका करिब १० हजारलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जानकारी दिए । कोरोनाको महामारीका कारण रोजीरोटी गुमाएका लिस्बन महानगर अन्र्तगतका २४ वटै वडाका विपद्मा परेका परिवारलाई निःशुल्क खाना खुवाउन लागिएको हो ।

              सापकोटाले कोरोनाको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गरि १० हजार पिज्जा निःशुल्क खुवाउन लागेका हुन् ।२५ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा  पोर्चुगलका एक सफल व्यवसायी पनि हुन् । कोरोनाको महामारीबाट प्रभावित भइ समस्यामा परेका परिवारलाई एक छाक मात्र भएपनि खाना खुवाएर सहयोग गरौं भन्ने उद्देश्यले निःशुल्क खाना अभियान सञ्चालन गरिएको सापकोटाले बताए ।

                 सापकोटाले उक्त अभियानका लागि घुम्ती शिविरकै रुपमा खाना पकाउने व्यवस्था मिलाएका छन् । जसका लागि ३१ हजार युरो अर्थात् झण्डै ४१ लाख नेपाली रुपैयाँको लागतमा पिज्जा पकाउने चुल्हो र्फोनो खरिद गरि मोबाइल चुल्हो कै रुपमा सञ्चालनमा ल्याएका छन् ।गत १६ जुनदेखि लिस्बनको बेलेईबाट शुरु भएको अभियान ११ जुलाईसम्म सञ्चालन हुने सापकोटाले जानकारी दिए ।

             ‘हाम्रो अभियानलाई महानगरले समेत बिशेष महत्व दिएर साथ दिएको छ । महानगरका उपमेयर समेत दैनिक जसो अभियानमा सहभागी हुन आउनुहुन्छ । उहाँको उपस्थितीले हामीलाई थप उर्जा र हौसला मिलेको छ,’ सापकोटाले खुशी व्यक्त गर्दै भने ।सापकोटाका अनुसार खाना वितरणको व्यवस्थापन र संयोजन महानगरले गरिरहेको छ ।            

                  महानगरका केही सरकारी कर्मचारी सहित ५ सय जनाले स्वतस्र्फूत रुपमा यो अभियानलाई स्वयंसेवकका रुपमा सघाएको सापकोटाले बताए । निःशुल्क खाना अभियानलाई महानगरका उच्च अधिकारीहरुले समेत अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्ने गरेको उनले सुनाए ।‘हामीले १७ सय २० परिवारका ८ हजारलाई खाना खुवाउने योजना बनाएका थियौँ, तर खाना खुवाउँदै जाने क्रममा यो संख्या बढेर २५ सय परिवारका १० हजार बढी पुग्ने भएको छ,’ उनले भने ।उक्त अभियानमा सापकोटा सहित १५ जना कामदार खटेका छन् । सापकोटाको अभियानको व्यवस्थापनमा अर्का नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि जुटेका छन् ।

          महानगरले उपलब्ध गराएको सूचीका आधारमा गरिब तथा बिपन्न परिवारलाई खाना वितरण गरिएको छ । सापकोटाका अनुसार एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् एक करोड बढी नेपाली रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् ।

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६