प्रदेश

केन्द्रीय समितिलाई पूर्णता दिन नेविसंघको माग



काठमाडौं, २१ असार ।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुले नेविसङ्घ केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका छन् । नेविसङ्घका नेताहरुले आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेविसङ्घको वर्तमान केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका हुन् । 

        नेविसङ्घका अध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन गरेको थियो । काँग्रेसले ढुङ्गानाको नेतृत्वमा छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरे पनि उक्त समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । 

        नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले महाधिवेशन गर्नका लागि पार्टीले १२७ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरे पनि हाल १० जनामात्र बनाउनु दुःखद् भएको बताउनुभयो । “पार्टीले छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तदर्थ समिति गठन गरे पनि पाँच महिना बितिसक्दासमेत नेविसङ्घले पूर्णता पाउन नसक्नु विडम्बना हो”, उहाँले भन्नुभयो ।  नेविसङ्घभित्र हाल एक अध्यक्ष, दुई उपाध्यक्ष र आठ महामन्त्री मात्र रहेका छन् । यस्तै विद्यार्थी नेताहरुले आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीभित्रका भ्रष्टाचार नेतालाई कारवाही गर्न माग गर्दै आन्दोलनसमेत गरेका छन् । (रासस)

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६