अन्तर्राष्ट्रिय

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च :डब्लुएचओ



जेनेभा, २१ असार । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जनाएको छ ।  डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो । यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३२६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २१३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १०५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।

        आइतबारसम्ममा विश्वभर एक करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस सङ्क्रमित पाँच लाख ३३ हजार ६१९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ । 

        सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७७० र १५ लाख ७८ हजार ३७६ व्यक्ति सङ्क्रमित रहेका छन् ।

        रूसमा सङ्क्रमित सङ्ख्या छ लाख ७४ हजार ५१५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

        त्यस्तै भारतमा छ लाख ७३ हजार ९०४ सङ्क्रमित र १९ हजार २७९ मृत्यु, पेरूमा दुई लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४१२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६२५ सङ्क्रमित र २८ हजार ३८५ मृत्यु, चिलीमा दुई लाख ९१ हजार ८४७ सङ्क्रमित र छ हजार १९२ मृत्यु भएको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ९०० रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ । यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् । (रासस/सिन्ह्वा)

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६