अन्तर्राष्ट्रिय

भारत विश्वमा कोरोना संक्रमणको सूचीमा तेस्रो, संक्रमण बढ्दो



एजेन्सी, २२ असार ।  पछिल्लो समयमा भारतमा कोरोना संक्रमित बढ्दै गएपछि  कोरोना भाइरसबाट अति प्रभावित देशहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ।  पछिल्लो २४ घण्टामा करिब २५ हजार नयाँ संक्रमित थपिएसँगै रसियालाई उछिन्दै भारत तेस्रो स्थानमा परेको हो । भारतमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ। रसियामा संक्रमितको संख्या ६ लाख ८१ हजार २५१ छ। 

        विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित अमेरिकामा २९ लाख ८२ हजार ९२८ रहेको छ त्यस्तै दोस्रो ब्राजिलमा १६ लाख ४ हजार ५८५ संक्रमित रहेका छन् छन्।  भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । त्यस्तै ४ लाख २४ हजार ८९१ जनाले भारतमा कोरोना संक्रमण जिति सकेका छन् । 

        विश्भर कोरोना संक्रमितको संख्या  १ करोड १५ लाख ५६ हजार ६४१ पुगेको छ भने विश्वभर ५ लाख ३६ हजार ७७६ जनाको मृत्यु भईसकेको छ । विश्व भर ६५ लाख ३४ हजार ८५१ जनाले कोरोना भाइरस जिति सकेका छन् । 

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६