अन्तर्राष्ट्रिय

ब्राजिलमाा संक्रमितको संख्या १६ लाख नाघ्यो, मृत्यु हुने ६४ हजार



ब्राजिल २२ असार  । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २४ घन्टायताका घटनाको अध्ययन गर्दा यहाँ ६०२ जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार यहाँ मृत्यु हुने व्यक्तिको संख्या ६४ हजार ८६७ जना पुगेको छ । गएको शनिबारमात्र ब्राजिलले ३८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । त्यसैगरी सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको बताइएको थियो ।

             गएको हप्ता दिन यता ब्राजिलमा कोरोना भााइरसबाट हरेक दिन एक हजारभन्दा बढीको ज्यान गएको देखिएको छ भने ठूलो संख्यामा संक्रमितहरु पनि थपिँदै गएका छन् । ब्राजिल कोरोना भाइरसबाट नागरिकको ज्यान जानेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ । यहाँ संक्रमण बढ्दो रुपमा देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।  अमेरिकामा अहिलेसम्म यस संक्रमणबाट १ लाख २९ हजार ८०० जनाको ज्यान गएको छ । विश्वका सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा अहिलेसम्म २८ लाखभन्दा पनि बढी नागरिक संक्रमित हुन पुगेका बताइएको छ । 

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६