अर्थ-वाणिज्य

रक्तसञ्चार केन्द्रलाई आधुनिक उपकरण :डेँगु, मलेरिया, क्यान्सरका बिरामीलाई टेवा मिल्ने



रुपन्देही २२ असार । प्रदेश ५ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको सहयोगमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र बुटवललाई नयाँ उपकरण प्राप्त भएको छ ।२९ लाख ७७ हजार ५ सय ५० रुपियाँ मूल्यका ती उपकरणले डेँगु, मलेरिया, क्यान्सर लगायतका बिरामीलाई आवश्यक पर्ने पिआरपी, एफएफपी रगत बनाउन तथा त्यसको पहिचान गर्न सहज हुने बताइएको छ ।रक्त सञ्चार केन्द्रका सभापति प्रेमलाल उदासले नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र बुटवललाई रगत सेपेरेसन, एजिटेटर, रेफ्रिजेरेटर, सिल्लार मेसिन र मोनिटर लगायत उपकरणहरु सहयोग स्वरुप प्राप्त भएकोे बताउनु भयो । 

        एक कार्यक्रमका वीच बुटवल उपमहानगरपालिका वडा नं ६ का वार्ड अध्यक्ष जगदिशचन्द्र आचार्य, केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी र केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले ती उपकरणहरु सार्वजनिक गर्नुभएको हो ।केन्द्रका ल्याब सदस्य सचिव जोगबहादुर गुरुङले नयाँ उपकरण पहिलेको भन्दा बढी क्षमताको भएको बताउनु भयो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी र स्वास्थ्य निर्देशनालयका रामप्रसाद भट्टराईले सामाजिक हितमा संस्थाबाट योगदान भएको धारणा राख्नु भएको थियो ।

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६